नियम २१२
जिन्सी मालसामानको लगत तयार गर्ने
(१) स्थानीय निकायमा रहेको र खरिद गरी वा हस्तान्तरण भई आएको सहायता वा अन्य कुनै प्रकारबाट प्राप्त हुन आएको मालसामानको विवरण र मूल्य समेत खुलाई मालसामान प्राप्त भएको मितिले सात दिनभित्र जिन्सी किताबमा आम्दानी बा“धी लगत तयार गरी अद्यावधिक गरी राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लगत तयार गर्न र लगत बमोजिमको जिन्सी मालसामान जिम्मा लिने अभिभारा अधिकार प्राप्त अधिकारीको सामान्य रेखदेखमा भण्डार अधिकृत वा भण्डार सहायक भएको स्थानीय निकायमा भण्डार सहायकको हुनेछ । त्यस्तो व्यवस्था नभएकोमा अधिकार प्राप्त अधिकारी वा निजले तोकेको कर्मचारीको हुनेछ ।
(३) प्राविधिक काममा प्रयोगमा ल्याइने जिन्सी मालसामानको हकमा उपनियम
(१) बमोजिम लगत तयार गर्दा सम्बन्धित प्राविधिकद्वारा ज“चाई के कस्तो अवस्थामा त्यस्तो मालसामान प्राप्त भएको हो प्रमाणित गराई सो कुरा कैफियत जनाई लगत खडा गर्नु पर्नेछ ।
(४) स्थानीय निकायमा मौज्दात भएका मालसामानमध्ये पुरानो कुनै मालसामानको कारणवश मूल्य खुलेको रहेनछ भने कोष तथा लेखा नियन्त्रक कार्यालयको अधिकृत प्रतिनिधि र प्राविधिक अधिकृत राखी त्यस्ता सामानको अवस्था र प्रचलित बजार मूल्य समेत विचार गरी मूल्य कायम गराई राख्नु पर्नेछ । तर गाउ“ विकास समितिको हकमा नजिकको सरकारी कार्यालयको प्रतिनिधि
राख्न सकिनेछ ।
(५) वैदेशिक सहायताबाट मालसामान प्राप्त भएपछि सोको विवरण र मूल्य खुलाई जिन्सी किताबमा आम्दानी बा“धी मूल्य समेत खुलेको विवरण पन्ध्र दिनभित्र मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयमा पठाई दिनु पर्नेछ ।
(६) स्थानीय निकायको स्वामित्व वा हकभोगमा रहेको चल अचल सम्पत्तिको लगत तयार गरी जिन्सी किताबमा आम्दानी बा“धी राख्नु पर्नेछ ।